संस्था चिनारी

रतुवामाई नगरपालिका मोरङ जिल्लाको सुदुर पूर्व झापा जिल्लासंग सिमाना जोडिएको नगरपालिका हो । मुख्य पूर्व पश्चिम राजमार्ग रहेको उर्लावारीबाट १५ कि.मि. दक्षिणमा रहेको यस क्षेत्रका अधिकांश जनता कृषि पेशामा संलग्न छन । उर्लावारी बरडंगा कालोपत्रे सडकस“ग जोडिएको यो क्षेत्रका अधिकांश वडामा विजुली वत्ति र ग्रावेल सडक पुगेता पनि अहिले सम्म स्थायी सिंचाईको अभावमा यहा“को कृषि आकाशे खेतीमै निर्भर रहनु परेको छ । निम्न मध्यम वर्गिय किसानहरुको बाहुल्यता रहेको यस क्ष्ँेत्रमा कृषि पेशा विस्तारै व्यवसायिक बन्दै गएको छ । 

विगत समयलाई नियाल्दा बैंक तथा वित्तिय संस्थाहरुको अभावमा यहा“का किसानहरु साहु महाजनी प्रथाबाट पिडित थिए । तत्कालिन अवस्थामा यहा“का जनताहरुको पहु“च बैंक सम्म पुग्न सक्ने अवस्था थिएन । यस्तो परिस्थितिमा पहिले देखि नै सहकारी अभियानमा सक्रिय व्यक्तित्व श्री लक्ष्मी सापकोटा ज्यूको पहल र प्रेरणाबाट एउटा वित्तिय कारोवार गर्ने सहकारीको आवश्यकता महसुस गरी २०५३ साल फाल्गुण १८ गते भएको सामान्य भेलाले एउटा उत्प्रेरणा भेला आयोजक समिति बनायो । जसको संयोजक श्री लक्ष्मी सापकोटा, सदस्य श्री केशवप्रसाद पोख्रेल, सदस्य श्री दामोदर सिग्देल, सदस्य श्री कपिलमणी काप्mले र सदस्य श्री राधा गौतम् रहनु भएको थियो । उक्त भेला आयोजक समितिले प्रथम उत्प्रेरणा भेला २०५३ साल चैत्र १ गते बोलायो । उक्त भेलाले वचत तथा ऋण सहकारी संस्था खोल्ने निर्णयका साथ विनियम मस्यौदा समिति निर्माणस“गै दोश्रो भेला २०५३  चैत्र २० गते बोलायो । जुन भेलाले ७ सदस्यीय तदर्थ समिति गठन ग¥यो । जसमा अध्यक्ष श्री लक्ष्मीप्रसाद गुरागाई, उपाध्यक्ष श्री अम्बिकाप्रसाद दहाल, सचिव श्री केशवप्रसाद पोख्रेल, कोषाध्यक्ष श्री कपिलमणी काप्mले, सदस्य श्री लक्ष्मी सापकोटा, सदस्य श्री कृष्णराज खतिवडा, सदस्य श्री वलराम पराजुली रहनु भएको थियो । तदर्थ समितिको सक्रियतामा प्रति कित्ता रु. ५००।– का दरले शेयर विक्रि गरी १०१ जना सदस्यहरुको आवेदनमा संस्था दर्ता प्रक्रिया अगाडि बढ्यो । विनियम निर्माण, संस्था दर्ता आदि कार्यहरुलाई तदर्थ समितिले तदारुकताका साथ अगाडि बढायो र मिति २०५४ आषाढ २२ गते तत्कालिन जिल्ला सहकारी कार्यालय हालको डिभिजन सहकारी कार्यालय मोरङ मा “इटहरा वचत तथा ऋण सहकारी संस्था” इटहरा गा.वि.स. कार्यक्षेत्र राखी विधिवत दर्ता भयो । दर्ता नं. ३०÷७०–२०५३÷०५४ रहेको यस संस्था रु. ५०५००।– शेयर पु“जीबाट सञ्चालन भई संस्थाले मिति २०५४ भाद्र ९ गते तत्कालिन जिल्ला वचत संघका सचिव रुद्र घिमिरे को प्रमुख आतित्थ्यमा १०१ सदस्य मध्ये ९५ जना सदस्यहरुको उपस्थितिमा प्रारम्भिक साधारण सभा गरी ११ सदस्य सञ्चालक समिति र ३ सदस्य लेखा तथा सुपरिवेक्षण समिति गठन स“गै नियमित रुपमा साधारण सभाहरु सञ्चालन गर्दै आएको छ । 

सहकारी संस्थालाई सही मूल्य, मान्यता र सिद्धान्त अनुसार अगाडि बढाउन संस्था प्रारम्भिक अवस्था देखि नै कटिबद्ध रह्यो । सधै भरी सदस्यता खुल्ला, सदस्यता त्याग गर्न पाईने व्यवस्था, सदस्यहरु बीच मात्र कारोवार, कार्यक्षेत्रमा मात्र सदस्यता वितरण, संस्थागत पु“जीमा जोड, लाभांसलाई भन्दा सेवालाई महत्व, सेवा शुल्क विहिन सेवा, विकेन्द्रित कार्य प्रणाली, पारदर्शि हिसाब किताब र कार्यालयको प्रतिस्पर्धि व्यवस्थापन यस संस्थाका महत्वपूर्ण विशेषता बनेका छन । 

सहकारी संस्थाको संस्थागत विकासका लागि २०६१ श्रावण देखि नेप्mस्कुनद्वारा सञ्चालित  “संस्थागत बिकास तालिम”मा सहभागि भई PEARLS, Policy र Planning अनुसार संस्था सञ्चालन गर्ने प्रयत्न गरियो जसले संस्थाको बृद्धि र विकासमा महत्वपूर्ण सहयोग पु¥यायो । 

यस्तै एशियाली ऋण महासंघको प्राविधिक सहयोग र नेप्mस्कुनद्वारा सञ्चालित ब्ऋऋभ्क्क् द्यचबलमष्लन कार्यक्रममा २०६९ माघ महिनामा संलग्न भई हाल सम्म ३ पटक Access Brand प्राप्त गरि सकेको छ ।